६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

पुननिर्माण प्राधिकरण विधेयक पारित

काठमाडौं–भूकम्पपछिको पुननिर्माण गर्न गठित पुननिर्माण प्राधिकरण विधेयक बहुमतले पारित भएको छ। बुधबार बसेको व्यवस्थापिका संसद बैठकले पुननिर्माण विधेयक विरोधकाबीच पारित गरेको हो। आफूहरुलाई पेलेर विधेयक ल्याएको भन्दै मधेसी मोर्चामा आबद्ध दलले भने संसद बैठक बहिष्कार गरेका छन्।


सरकारले मंगलबार संविधान संशोधन विधेयक र पुननिर्माण प्राधिकरण विधेयक संसदमा पेश गरेको थियो। मधेसी मोर्चाले पुननिर्माण विधेयक पारित गराउन सहयोग गर्ने यसअघि निर्णय गरेको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पनि सँगै पेश गर्नुपर्ने अडान राखेपछि मधेसी मोर्चाले त्यसको विरोध गरेको हो। भूकम्प गएको आठ महिनापछि विधेयक पारित भएको हो।

कानुनमन्त्री अग्नि खरेलले विधेयक पारित हुनुअघि सांसदहरु उठाएको प्रश्नको जवाफ दिएका थिए। बैठकमा रूक्मिणी चाैधरी, डिम्पलकुमारी झा र राष्ट्रिय मधेस समाजवादी पार्टीका एक एक सांसदले वेल घेराउ गरेका थिए।

प्रकाशित: १ पुस २०७२ ०५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App