७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

चाहिनेभन्दा बढी उपकरण खरिद हुन्छ, उपयोग हुँदैन

पूर्वस्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालका धेरैजसो सरकारी अस्पतालले चाहिनेभन्दा बढी उपकरण खरिद गर्ने र उपयोग नगरीकनै फेरि नयाँ किन्ने गरेको विषय एक वर्षअघि सार्वजनिक गरेका थिए।

आफू मन्त्री हुँदा अनुगमनका क्रममा सरकारी अस्पतालले खरिद गरेका धेरै महँगा उपकरण प्रयोग नै नगरेको र पुनः नयाँ खरिद गरेको पाइएको बताए। यस्तो प्रवृत्तिले सरकारी स्रोतसाधनको व्यापक दुरुपयोग भएको उनले स्मरण गरे। उनले सोमबार नागरिकसँगको कुराकानीमा आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीको जिम्मेवारीमा रहँदा धेरै सरकारी अस्पतालमा यस्तो विकृति फेलापारेको बताए।

उनले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत अस्पतालमा स्वास्थ्य उपकरण वर्षैपिच्छे खरिद गरिने र उचित प्रयोगबिना नै नयाँ खरिद प्रक्रियामा गएको पाइएको बताए।

‘धेरै सामान खरिद गरियो तर सही प्रयोगमा आएनन्, कति त प्रयोगबिनै बिग्रेको देखियो,’ उनले टेमाथेरापी उपकरणलाई इंगित गर्दै भने। उनले नेपालका अस्पताल प्रमुखलाई नयाँ उपकरण किन्ने चाहना बढी हुनु र बायोटेक इन्जिनियरको स्थायी दरबन्दी नहुनुले महँगा उपकरणको उचित प्रयोग हुन नसकेको बताए। ‘करारमा रहेका बायोटेक इन्जिनियर जबाफदेही नहुँदा पनि बिग्रेका उपकरणको मर्मत हुन नसकेको देखिन्छ,’ उनले भने। स्थायी बायोटेक इन्जिनियर भएमा बिगे्रका उपकरणको मर्मत गरी प्रयोग गर्न सकिने उनको भनाइ छ।

स्वास्थ्य क्षेत्रमा मात्र नभई वायुसेवा निगम, विद्युत् प्राधिकरण, टेलिकमजस्ता संस्थानमा समेत चाहिनेभन्दा बढी सामान खरिद गरिने र उचित प्रयोग नगर्ने प्रवृत्ति मौलाएको आफू सार्वजनिक लेखा समितिको सदस्य हुँदा थाहा पाएको त्रिपाठीले बताए।

प्रकाशित: १८ जेष्ठ २०७९ ०१:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App