सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।
पाँच सय मत गन्दा माओवादी केन्द्रका विमर्श मोक्तानले २८२ र एमालेका गोविन्दलाल मााझीले १९९ मत प्राप्त गरेका छन्। उपाध्यक्ष कांग्रेसकी विमला माझीले २३८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टीकी छलिमाया रानामगरले ७ र स्वतन्त्र मञ्जु माझीले १ मत प्राप्त गरेका छन्।
वडा नं १ बाट मतगणना सुरु भएको छ। वडा नं १ को वडाध्यक्षमा माओवादी केन्द्रले २५७ एमालेले १६८ र कांग्रेसले ९० मत प्राप्त गरेका निर्वाचन अधिकृत दुर्गा बञ्जाडेले जनाए। कुल मत १६८४६ मध्ये १२१५८ मत खसेको थियो। यो ७२.१७ प्रतिशत हो। मरिणमा ७ वडा छन्।
प्रकाशित: ३१ वैशाख २०७९ ०३:०३ शनिबार