६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गोरखा नगरपालिकामा एकीकृत समाजवादीको उम्मेदवारी स्थगन, कांग्रेसलाई सघाउने

गोरखा नगरपालिकामा नेकपा एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई सघाउने भएको छ। प्रमुख, उपप्रमुखमा आफ्नो उम्मेदवारी स्थगनको निर्णय गरेर एकीकृत समाजवादीले कांग्रेसलाई सघाउने निर्णय गरेको जनाएको छ।

कांग्रेसका नगरसभापति चन्दनबाबु खत्री र नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष सिताराम बुढाथोकीले नगरको तालमेललाई १४ वटै वडा तहमा समेत प्रभावकारी रुपमा कार्यन्वयन गर्न गराउन लगाउने सहमति गरेका छन्। यो सहमति सत्ता गठबन्धनको भावना र मर्मसँग गाँसिएको भन्दै पार्टीका नेता कार्यकर्तालाई कार्यन्वयन गर्न भनिएको छ।

एकीकृत समाजवादीबाट नगरप्रमुख सानुमाया बस्नेत, उपप्रमुख यादव बस्नेतको उम्मेदवारी स्थगत भएको सहमति पत्रमा उल्लेख छ। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार राजनराज पन्त र उपमेयरमा मसलीमाया थोकरलाई सघाउने गरी एकीकृत समाजवादीले सहमती गरेको हो।

सत्ता गठबन्धन भित्रकै दुई दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीले पनि  गोरखा नगरपालिकामा चुनावी तालमेल गरेका छन्। सत्ता भित्रका चार दल दुई भागमा विभाजन भएपछि गोरखा नगरपालिकाको चुनावी प्रतिस्पर्धा रोचक बनेको छ।

प्रकाशित: २३ वैशाख २०७९ १२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App