५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

शक्ति प्रर्दशन गर्दै मनोनयन दर्ता (तस्बिरमा)

तस्बिर: मदन/नागरिक

सर्लाही र रौतहटमा उत्साह पूर्वक दलहरुले उमेदवारी दर्ता गराएका छन्। दुबै जिल्लाका विभिन्न दलहरुले दलबलका साथ शक्ति प्रदर्शन गर्दै सम्बन्धित पालिकामा मनोनयन दर्ता गराएका हुन्।  निर्वाचन कार्यालयले आइतबारदेखि नै दलहरुलाई मनोनयन दर्ता गर्न समय दिए पनि सुरुको दिन त्यति उत्साह देखिएको थिएन। सोमबार सर्लाहीको २० र रौतहटको १८ पालिका गरी ३८ वटै पालिकामा दलहरुले दलबलका साथ उमेदवारी दर्ता गराएको देखिएका छन्।

सर्लाहीमा ११ नगरपालिका र नौ गाउँपालिका रहेका छन्। यसै गरि रौतहटमा १६ नगरपालिका र दुई गाउँपालिका रहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृह नगर गौरमा गठबन्धनमा रहेका दलहरुबिच साझा उम्मेदवार बनाउने सहमति हुन नसकेपछि गठबन्धनमा सहभागी दलहरुले शक्ति प्रदर्शन गर्दै उमेदवारी दर्ता गराएका छन्।

 रौतहटको सबै भन्दा जेठो गौर नगरपालीकामा नेपाली काँग्रेस, नेकपा समाजवादी, नेकपा एमाले, लोसपा र जसपा पाटीका उमेदवारले मनोनयन दर्ता गराएका छन्। गौर नगरमा यस पाली नेपाली काँग्रेसका उमेदवार मोहन यादव, लोसपाबाट पुर्व मेयर अजय गुप्ता र नेकपा समाजवादीबाट शम्भु साह बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। 

 सर्लाहीमा पनि ठोस गठबन्धनको सहमति दलहरुबिच हुन सकेको छैन। गठबन्धन सफल हुन नसकेपछि दलहरु उम्मेदवार चयन गरेर यत्साह पुर्वक मनोनयन दर्ता गराएका छन्। सर्लाहीको सबै भन्दा जेठो मलंगवा नगरपलिकामा दुई पूर्व मेयरबीच नै कडा प्रतिस्पर्धा देखिएको छ।

गत वर्षको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित मेयर निर्शल साहलाई काँग्रेसले टिकट नदिएपछि साह जसपापाटीबाट मेयर पदमा मनोनयन दर्ता गराएका छन्। काँग्रेसले यस पटक पुर्व मेयर नागेन्द्र यादवलाई टिकट सुनिश्चीत गरेर मनोनयन दर्ता गराएका छन्। मलंगवामा दुवै पुर्व मेयर बीच कडा प्रस्पिर्धा हुने देखिएको छ। सर्लाहीका ११ नगरपलिका र ९ गााउपालिकामा विभिन्न दलहरुले उत्साह पुर्वक उमेदवारी दर्ता गराएका छन्। 

 टिकट नपाएपछि पूर्व मेयरद्वारा स्वतन्त्र उम्मेदवारी

जिल्लाको उतरी भेगमा अवस्थित चन्द्रपुर नगरपालीकका मेयर रामचन्द्र चौधरीले स्थानीय तहको चुनावमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट मेयरमा बिजयी भएका चौधरीलाई नेपाली काँग्रेसबाट यो पटक टिकट नपाए पछि चौधरीले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका हुन्। निवर्तमान मेयर चौधरीले पहिलो कार्यकालमा केही काम अधुरोरहेकोले त्यसको पूरा गर्नको लागि स्वतन्त्रमा उम्मेदवारी दिएको बताए। आफूलाइ चन्द्रपुरका मतदाताले एक पटक पुन बिजयी गराउनेमा बिश्वास रहेको उनको भनाइ छ।

प्रकाशित: १२ वैशाख २०७९ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App