१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

एमसीसी पारित भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो: प्रचण्ड

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौता संसदबाट अनुमोदन भएसँगै मुलुक दुर्घटनाबाट जोगिएको बताएका छन्।

निजी निवास खुमलटारमा सोमबार पत्रकार सम्मेलन गरी अध्यक्ष दाहालले एमसीसीका कारण राजनीतिक दलहरु र समाज नै विभाजित भई प्राप्त उपलब्धि पनि गुम्ने खतरा पैदा भएको बताएका हुन्। प्रतिनिधिसभाबाट एमसीसी सम्झौताको व्याख्यात्मक घोषणासहित अनुमोदन हुनुले व्याख्यात्मक घोषणाले पनि कानूनी मान्यता प्राप्त गरेको अध्यक्ष दाहालले बताए।

१२ बूँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएपश्चात नेपाली समाज विभाजन हुनबाट पनि बचेको उनले उल्लेख गरे। नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, असंलग्न परराष्ट्र नीतिदेखि कानून र सुरक्षा प्रणालीप्रति नेपालीहरुको अडानपनि स्थापित भएको उनले बताए। अध्यक्ष दाहालले एमसीसीको विषयमा राष्ट्रिय सहमती जुटाउनका लागि आफूले पटक–पटक प्रयास गरेको भएपनि सफल हुन नसकेको बताए। 

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का कारण एमसीसीमा राष्ट्रिय सहमती कायम गर्न नसकिएको उनले आरोप लगाए। प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट निवासमै गएर सघाउन आग्रह गरेपनि सभामुखको राजिनामा र एमालेले कारबाही गरेका १४ जना सांसद पदमुक्त नभइकन सघाउन नसक्ने वचन दिएका कारण सहमती जुट्न नसकेको उनले उल्लेख गरे।

उनले एमसीसीको विषय ठिक ढंगले समाधान गर्न नसकेको भए शान्ति सम्झौता समेत दुर्घटनामा पर्ने खतरा रहेको औँल्याए। गठबन्धन भत्किने मात्रै नभइ राजनीतिक परिवर्तन समेत उल्टिने खतराको चित्र आफूले देखेका कारण एमसीसी अनुमोदन गर्ने ठाउँमा पुगिएको अध्यक्ष दाहालको भनाई छ। 

प्रकाशित: १६ फाल्गुन २०७८ ११:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App