६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

'लिम्पियाधुरा समेटिएको चुच्चे नक्सा बनाएर ओलीले अविष्मरणीय गुण लगाउनुभएको छ'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका छन्। शुक्रवार नेकपा एमालेको १० महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष थापाले दुई कामका लागि नेकपा एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जनताले सम्झिरहने बताएका हुन्।    

अध्यक्ष थापाले ओली नेतृत्वको सरकारले लिम्पियाधुरालाई समेत समेटेर चुच्चे नक्सा बनाइ त्यसलाई संविधानमा समेट्दै नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुण लगाएको पनि बताए। पार्टी भित्रको आन्तरिक कलह र विवादका कारणले जनतालाई दिएको आश्वासनअनुसार काम गर्न नसकेका कारण उनले केपी ओली नेतृत्वको पछिल्लो सरकारबाट आफू त्यति सन्तुष्ट नभएको बताए।

अध्यक्ष थापाले भने, ‘२ वटा प्रमुख कामका निम्ती केपी ओली र यो देशले सम्झिराख्नेछ, पहिलो काम मधेशमा देखिएको पृथकतावादी आन्दोलन र विप्लव माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु हो, दोस्रो सबैभन्दा लिम्पियाधुरा समेत समेटेर चुच्चे नक्सा बनाएर त्यसलाई संविधानमा समेटेर नेपाल र नेपाली जनतालाई अविष्मरणीय गुण लगाउनुभएको छ।’

अध्यक्ष थापाले अहिले देश शंकटको भूमरिमा परेको बताए । उनले लोकतन्त्रको आवरणमा देश बिस्तारै सर्व सत्तावादतर्फ उन्मुख भएको बताए । अध्यक्ष थापाले योजनावद्ध र संगठित रुपमा गरिँदै आएको धर्म परिवर्तनले नेपालीहरुको सनातन, धार्मिक, सांस्कृतिक पहिचानलाई समाप्त पार्ने प्रयास भइरहेको आरोप समेत लगाए। अध्यक्ष थापाले नेकपा एमालेले देशमा सहशीक निर्णय गरेर देश जोगाउनेमा आफू विश्वस्त रहेको समेत बताए। उनले देशलाई संकटबाट बचाउन नेकपा एमालेका अध्यक्ष ओलीको आवश्यक रहेको बताए। 

प्रकाशित: १० मंसिर २०७८ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App