५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस कोहलपुर नगर सभापतिमा शाह निर्वाचित

नेपाली कांग्रेस कोहलपुर नगरपालिकाको नगर सभापतिमा विरेन्द्र कुमार शाह निर्वाचित भएका छन। निकटतम प्रतिद्वन्दी राजेन्द्र श्रेष्ठलाई शाहले १६ मत अन्तरले पराजित गरेका हुन्।  

शाहको पुरै प्यानल निर्वाचित भएको हो। शाह संस्थापन इतर पक्षका र श्रेष्ठ संस्थापन (देउवा) पक्षका हुन्। सभापतिमा निर्वाचित भएका शाहले १ सय ६० र श्रेष्ठले १ सय ४४ मत प्राप्त गरेको मतदान अधिकृत (अधिवक्ता) प्रभाकर भट्टराईले जानकारी दिए। यस्तै उपसभापतिमा निर्वाचित भएका भरत शर्मा र सुशील सापकोटाले समान १६७ मत ल्याएका छन्।  

दुबैका निकटतम प्रतिस्पर्धी चेतकान्त भट्टराईले १३९ र अंशुमान चौधरीले १२८ मत ल्याए। सचिवमा पनि शाह पक्षका गोविन्द वाग्ले र बालकुमार शर्माले समान १८१ मत ल्याए। उनका निकटतम प्रतिस्पर्धी भूमबहादुर भण्डारीले १३२ मत र भुपेन्द्र शाहीले १०६ मत प्राप्त गरे।  

सहसचिवमा निर्वाचित भएका महेशकुमार चौधरीले १७७ र रामु लम्सालले १५० मत ल्याए। निकटतम प्रतिस्पर्धी कृष्णकुमार पुन मगरले १३८ र कमल बहादुर शाहीले १२९ मत ल्याएको मतदान अधिकृत भट्टराईले बताए। पदाधिकारीको मत गणना सम्पन्न भइसकेको र अब वडाबाट प्रतिनिधित्व गर्ने र समानुपातिक सदस्यको गणना गर्न बाँकी रहेको उनले जानकारी दिए। 

प्रकाशित: ३ मंसिर २०७८ १२:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App