८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री राईले मागे विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मागेका छन्। आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत मागेका हुन्।

मुख्यमन्त्री राईले मंगलबार विश्वासको मत लिने तयारी गरेका थिए। तर एमालेले बैठक स्थगित गर्न माग गरेसंगै उनले विश्वासको पाएनन्। नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको पार्टीका कारण आफ्ना सांसद आउन नसक्ने भन्दै मंगलबार एमालले बैठक स्थगित गर्न आग्रह  गरेको थियो।

९३ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ। पाँच दलीय सत्ता गठबन्धनसँग ५० जना सांसद् छन्।  प्रतिपक्षी एमालेसँग ४० र राप्रपासँग एक सांसद छन्।

प्रकाशित: १ मंसिर २०७८ ०७:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App