१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका छन्। 

मंगलबार सिंहदरवारमा भएको काँग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा वरिष्ठ नेता पौडेलले न्यायालयको मामिलामा काँग्रेसले हस्तक्षेप नगर्ने बताएका हुन्। उनले न्यायालयमा असहज परिस्थिती बनेको भन्दै न्यायालयको आन्तरिक मामिलामा प्रतिक्रिया दिन नमिल्ने बताए। वरिष्ठ नेता पौडेलले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिती बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन।’

वरिष्ठ नेता पौडेलले प्रधानन्यायाधीशको बारेमा पार्टीलाई चिन्ता रहेको बताए। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गर्दा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्ना जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएको आरोप लागेसँगै न्यायालयमा अहिले प्रधानन्यायाधीश राणाको बारेमा चर्को बहस चलिरहेको छ। सर्वोच्च अदालतका न्यायधीशहरुले समेत प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने माग गरिरहेका छन्।

प्रकाशित: ९ कार्तिक २०७८ १२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App