सदरमुकाम राजविराज–९ मा गएराति सम्पन्न भेलाले सरस्वती चौधरीको अध्यक्षतामा ५१ सदस्यीय समानान्तर जिल्ला कमिटी गठन गरेको हो।
चौधरीको अध्यक्षतामा नवगठित कमिटीमा चन्देश्वर मण्डल किसान, पार्वती चौधरी, उमेश कुमार मण्डल, घुर्मि सिंह दनुवार, विशेश्वर चौधरी, प्रमोद मण्डल, दीपकुमार चौधरीलगायत रहेको भेलामा सहभागी दयाराम चौधरीले जानकारी दिए।
नवगठिन कमिटीका अध्यक्ष चौधरी सप्तरी क्षेत्र नम्बर ५ मा एमाओवादीका तर्फबाट गत निर्वाचनका उम्मेदवार पनि हुन्। भट्टराईले अघि सारेको नयाँ शक्तिको अवधारणालाई गाउँ तहसम्म पुर्याउनका लागि भन्दै समानान्तर जिल्ला कमिटी गठन गरिएको हो। अध्यक्ष चौधरीले विराटनगर सम्मेलनमा उठेका वैचारिक कुरा छलफलमा लैजाने बताए।
भट्टराई पक्षीय नेताले काठमाडौँ, धनुषा, कास्की, चितवन, गोर्खा, दाङलगायत जिल्लामा समेत समानान्तर जिल्ला कमिटी गठन गरेका छन्। एमाओवादीको गत साउन १९ गते बसेको स्थायी समितिको बैठकले समानान्तर कमिटी बनाउन भूमिका खेलेको आरोपमा भट्टराई निकट नेताद्वय गङ्गा श्रेष्ठलाई तीन महिना र रामरिझन यादवलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो।
त्यस्तै, भट्टराई निकट सचिव टोपबहादुर रायमाझी र देवेन्द्र पौडेललाई लगातार तीनपटक बैठकमा सहभागी नभएको भन्दै स्थायी समितिबाट हटाएको थियो।
प्रकाशित: ८ भाद्र २०७१ २३:३० आइतबार