४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बर्दियाको बाढी प्रभावित क्षेत्र राजापुर जाँदै प्रधानमन्त्री देउवा

बाढी र पहिरो प्रभावित क्षेत्र निरीक्षण गर्न निस्केका प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार बर्दिया जादैछन्। प्रधानमन्त्री देउवासहितको टोली बिहीबार हेलिकप्टरमार्फत सुदुरपश्चिम क्षेत्र निरीक्षण गर्न आएको हो।

सुदुरपश्चिमका विभिन्न जिल्लाको निरीक्षण गरेका देउवा बिहीबार बेलुका धनगढीमा आएर बसेका थिए। उनी शुक्रबार बिहान कैलालीको केही स्थानको निरीक्षण गरेर बर्दिया आउन लागेका हुन्। बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारका अनुसार प्रधानमन्त्री देउवासहितको टोली शुक्रबार बिहान ११ बजेर ३० मिनेटमा बर्दिया आउने कार्यक्रम रहेको छ। 

‘प्रधानमन्त्री ज्युसहितको टिम बिहान ११ बजेर ३० मिनेटमा राजापुरमा ल्याण्ड हुने कार्यक्रम छ,’ प्रजिअ सुनारले नागरिकसँग भने ‘राजापुरमा उहाँहरू आधा घण्टाजति रहनु हुनेछ।’ सो क्रममा प्रधानमन्त्री देउवाले बाढी पीडितलाई पनि भेटघाट गर्न सक्ने उनले बताए।

प्रधानमन्त्री आउने भएपछि बर्दियाको राजापुरमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी लगायतको जमघट हुन थालेको छ। प्रधानमन्त्रीको टोलीमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले, पूर्वमन्त्री एनपी साउद, रमेश लेखक, वीरबहादुर बलायर लगायत सहभागी छन्।

प्रकाशित: ५ कार्तिक २०७८ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App