६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रदेश १ मा प्रदेश पर्यटन बोर्ड गठन गरिने

प्रदेश १ मा प्रदेश पर्यटन बोर्ड गठनको तयारी गरिएको छ। प्रदेश १ को मन्त्रिपरिषद्को बैठकले प्रदेश पर्यटन वोर्ड नियमावली २०७८ लाई स्वीकृत गरेसँगै प्रदेश पर्यटन बोर्ड गठनको बाटो खुलेको हो। बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले  प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम सञ्चालन नियमावली २०७८लाई स्वीकृत गर्ने निर्णय गरेको छ।  

यस्तै प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालन नियमावली २०७८ लाई पनि स्वीकृत गर्ने निर्णय गरेको छ। केही स्थानीय तहहरुको वडाको संख्या र सिमाना हेरफेर सम्बन्धि स्थानीय तहहरुले गरेको प्रस्तावअनुसार  संघीय सरकारलाई सिफारिस गर्नै निर्णय पनि गरेको छ। जसमा  संखुवासभाको धर्मदेवी नगरपालिका, इलामको इलाम नगरपालिका,उदयपुरको बेलका नगरपालिका, धनकुटाको महालक्ष्मी गाउँपालिका र खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले प्रस्ताव गरे अनुसार वडाको संख्या र सिमाना हेरफेरका लागि संघीय सरकारलाई सिफरिस गर्ने निर्णय गरेको हो।

 ती स्थानीय तहहरुले वडाको संख्या वृद्धि गर्न प्रदेश सरकारलाई सिफारिस गरेका थिए।  स्थानियतहहरूले वडा संख्या थपघट, सिमाना हेरफेर गर्नुपरे प्रदेशलाई गर्ने र प्रदेशले  संघलाई सिफारिस गर्ने संबैधानिक प्रावधान छ। प्रदेशको राजस्वको श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरिय राजस्व अनुसन्धान कार्यदल गठन गर्ने निर्णय पनि प्रदेश सरकारले गरेको छ।  

कार्यदलले प्रदेशको आन्तरिक राजस्वको श्रोत पहिचान, वृद्धि, सम्भावनाबारे अध्ययन गर्ने छ।  उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालय माताहतमा रहेका ६ जना अस्थायी कर्मचारीहरुको असार मसान्तसम्म म्याद थप्ने निर्णय पनि  मन्त्रिपरिषद्ले बैठकले गरेको छ। प्रदेशका १४ वटै जिल्लामा विषयगत कार्यलय स्थापना गर्ने विषयमा मस्यौदा प्राप्त भएको र थप अध्ययन गरि कार्यालय स्थापनाको प्रकृया शुरु गरिने मन्त्रिपरिषदको कार्यालयले जनाएको छ।  

प्रकाशित: २१ आश्विन २०७८ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App