६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

१० बुँदे कार्यान्वयन गर्न संरचनागत उपाय खोजिने

आन्तरिक विवाद निरूपण गर्न गरिएको १० बुँदे सहमति कार्यान्वयनमा संरचनागत उपाय खोज्न थालिएको छ। नेकपा एमालेका उपाध्यक्ष भीम रावलले असार २७ मा भएको १० बुँदे सहमति धेरै ठाउँमा कार्यान्वयन भइसकेको बताउँदै अब संरचनागत उपायको खोजी गरिने बताएका हुन्।  

एमालको सोमबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयन, एमाले केन्द्रीय सदस्यमा नयाँ मनोनयन र विधान महाधिवेशनका क्रममा आउने समस्या समाधानका लागि भीम रावललाई संयोजक बनाइएको छ। 

उनले अब विषयहरू विस्तारै सबै मिल्दै जाने बताए। सोमबार कार्यदलको बैठकपछि सो कुरा बताएका हुन्। ‘आजको बैठकमा हामीले १० बुँदे सहमति कार्यान्वय र विधान महाधिवेशनबारे छलफल गरेका छौ, त्यसका लागि उपयुक्त विधि र संरचनागत समाधानका उपाय खोजिनेछ,’ उपाध्यक्ष रावलले भने। उनले समस्या देखिएका ठाउँमा समाधान गर्दै जाने पनि बताएका छन्। ’धेरै स्थानमा लागु भएको छ जहाँ समस्या छन्, त्यहीअनुसार नीतिगत व्यवस्था मिलाएर समाधान खोज्छाैँ,’ उनले भने। 

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने जिम्मेवारी उनलाई नै दिएको थियो। 

कार्यदलमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन्। उनीहरूले रिक्त रहेको केन्द्रीय सदस्यमा मनोनयन गर्ने सूची पनि तयार गर्नेछन्। मंगलबारको बैठकले १० बुँदे कार्यान्वयनमा नीतिगत मापदण्ड तय गर्ने समेत निर्णय गरेको छ।

प्रकाशित: १३ आश्विन २०७८ ०४:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App