१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा पनि एमसिसीविरुद्ध लाग्यो नारा, 'गो ब्याक' अमेरिका भन्दै युवाहरु सडकमा

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा पनि नारा लागेको छ। नेपाली राष्ट्रिय झण्डासहित स्फुर्त रुपमा निस्किएका युवाहरुले शनिबार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रदर्शन गरेका छन्।

‘एमसिसी चाहिँदैन, राष्ट्रघाती काम गर्न पाइँदैन, गो ब्याक अमेरिका–गो ब्याक’ नारा लगाउँदै नगरपरिक्रमा गरेका युवाहरुले बीरेन्द्रचौकमा पुगेर र्‍याली टुङ्ग्याएका थिए। र्‍यालीमा सहभागी मध्येका पासाङ शेर्पाले देश हित विपरितको परियोजना स्वीकार गरेर राष्ट्रघाती काम गर्न नहुने बताए। अर्का सहभागी इन्द्र सेञ्चुरीले शान्त नेपाललाई पराधिन बनाउने प्रयत्न कदापी स्वीकार गर्न नसकिने भन्दै यस विरुद्ध ताप्लेजुङको युवा पंक्तिले सांकेतिक बिरोध गरेको बताए। 

र्‍यालीमा सहभागीले एमसिसी राष्ट्रहित विपरित भएकोले यो परियोजनाको नेपाल र नेपाली सबैले बिरोध गर्नुपर्ने बताएका छन्। 

एमसिसीले अफ्रिका, ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ। त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन्। सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय  किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् रु ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: २६ भाद्र २०७८ ०९:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App