७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउन ल्याईएको हो: नेता रायमाझी

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी विधेयक कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको बताएका छन्।  

बुधबार आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन्। 

नेता रायमाझीले यो अध्यादेश देशका सबै पार्टीलाई फुटाउने गरेर ल्याइएको बताए। उनले राजनीतिक दलका ठूला नेताहरु पार्टी विभाजन सम्बन्धि विधेयकको मतियार बनेको आरोप समेत लगाए।

नेता रायमाझीले नेपाली जनताको राजनीति गर्ने अधिकार नेपाली जनतामा हुन्छ कि, नेपालका जनप्रतिनिधिमा, संसदहरुमा हुन्छ कि सर्वोच्चमा हुन्छ भन्दै प्रश्न गरे। उनले प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई दिनुपर्ने ठाउँमा सर्वोच्चले परमादेश जारी गरेर टीका लगाएर दिएको बताए।

उनले भने, 'नेपालको लागि, नेपाली जनताको लागि राजनीति गर्ने अधिकार नेपाली जनतामा, नेपाली नागरिकको हातमा, नेपालका जनप्रतिनिधिहरुमा, सांसदहरुमा हुन्छ कि सर्वोच्चमा ?संसद विघटन गरेर चुनावमा जाने कुरा मानिएन भनेपनि प्रधानमन्त्री चुन्ने, सरकार चुन्ने अधिकार संसदलाई दिए हुन्थ्यो नि, सिधै परमादेशअनुसार, जनादेशलाई छोडेर परमादेशअनुसार टीको लाएर दिइयो, त्यसमाथि ह्वीप नलाग्ने, ७६(५) मा सिधै टीको लाएर प्रधानमन्त्री पठाइदिने र ह्वीप नलाग्ने, यसो भए, ७६, दुई, तीन र चारको के काम ?'

प्रकाशित: २ भाद्र २०७८ १३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App