६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

हामी पक्ष विपक्षमा छैनौः महन्थ ठाकुर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी कसैको प्रस्तावमा पक्ष–विपक्षमा नरहेको बताएका छन्। सोमबार सदनमा बोल्दै आफ्ना माग कसैले पनि पूरा नगरेको भन्दै पक्ष–विपक्षमा नजाने प्रष्ट पारे।  

‘हाम्रा सांसदलाई यहाँ देख्न चाहन्थ्यौ तर रेशम चौधरी जेलमा हुनुहुन्छ’, उनले भने, ‘हाम्रा कयौ साथहरु जेलमै रहेको अवस्थामा कसरी कसरी पक्ष विपक्षमा रहन सक्छौ।’ आफूहरु पीडा सुन्ने तर उपचार नगर्ने विभिन्न दलप्रति व्यंग हान्दै उनले प्रधानमन्त्री ओलीले पीडा सुनेर उपचारका लागि केही कदम उठाएको बताए।

प्रकाशित: २७ वैशाख २०७८ ०९:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App