१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

तीन मन्त्रीको राजीनामा स्वीकृत

नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी तीन जना मन्त्रीहरुले दिएको राजीनामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पाँच दिनपछि स्वीकृत गरेका छन् । मुख्यमन्त्री शाही नेतृत्वको मन्त्रिमण्डलमा एमालेबाट प्रकाश ज्वालाले आर्थिक मामिला तथा योजना मन्त्रालय, दल रावलले सामाजिक विकास मन्त्रालय र नन्दसिंह बुढाले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।  

सर्वोच्च अदालतले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि एमालेकातर्फबाट कर्णाली सरकारमा सहभागी तीन जना मन्त्रीले मंगलबार राजीनामा दिएका थिए ।  

मुख्यमन्त्री शाहीले रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र आर्थिक मामिला र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकेका छन् ।  

प्रकाशित: २८ चैत्र २०७७ ०८:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App