६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

तीन दल मिल्नु घाम र जुन मिल्नु जस्तै हो: मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र सङ्घीय समाजवादी मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन्। मुख्यमन्त्री गुरुङले बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए।

वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, 'एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ। उनीहरुको अवस्था सजिलो छैन।' उनले  गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए।

मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए। मुख्यमन्त्री गुरुङले भने,'समृद्धिका लागि जग बसालेका छौं। थप नतिजा छिट्टै देखिन्छ।' उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए। रासस

प्रकाशित: २८ चैत्र २०७७ ००:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App