६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

गण्डकी प्रदेशका माओवादी मन्त्रीद्वारा राजीनामा

गण्डकी प्रदेश सरकारमा रहेका माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजीनामा दिएको मन्त्रीहरुले बताएका छन् ।  

गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रका दुईजना मात्र मन्त्री छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिएका हुन् ।  

राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण राजीनमा दिएको मन्त्री थापामगरले बताए । राजीनामा दिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको उनले बताए । ‘बुधबार बिहान प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेर राजीनामा बुझाएका छौ,’ उनले भने । बुधबार नै बस्ने प्रदेशसभाको बैठकमा राजीनामाबारे संसदीय दलको तर्फबाट कानुनमन्त्री रहेका चुमानले जानकारी गराउन थापामगरले बताए ।  

प्रकाशित: २५ चैत्र २०७७ ०७:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App