८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश  भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्र आङ्वोले बताए ।  

आङ्वोले वदलिएको परिस्थितिले अविश्वासको प्रस्ताव दर्ता गर्नुको औचित्य सकिएका कारण प्रस्ताव फिर्ता लिन लागिएको जानकारी दिए । आङ्वोले भने‘जुन परिस्थितिमा जुन उद्देश्यले प्रस्ताव दर्ता गरिएको थियो । त्यो अवस्था वदलिइसकेकाले प्रस्ताव फिर्ता लिन लागिएको हो ।’ आङ्वोले चैत २३ गतेको प्रदेशसभा बैठकमा अविश्वासको प्रस्ताव फिर्ता लिइने जानकारी दिए । उनले भने‘अविश्वासको प्रस्ताव संसदमा टेवुल भइसकेका कारण प्रकृया अनुसार संसद बैठकबाटै फिर्ता लिनेछौं ।’  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपा एमालेका माधव नेपाल पक्षका नेता भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै एमालेको माधव नेपाल समूह र नेकपा माओवादी केन्द्र (तत्कालिन नेकपा)का  ३७ जना सांसदहरूले संयुक्तहस्ताक्षर गरी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए । जसमध्ये ५ जना सांसदले पहिले नै अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थिए । माओवादी केन्द्रमा संसदीय दलका नेता टंक आङ्बुहाङ एमालेमै प्रवेश गरिसकेका छन् । 

यति मात्रै  हैन सर्वोच्चको आदेशले माओवादी केन्द्र र नेकपा एमाले अलग भएपछि नेकपा एमाले माधव नेपाल समूहका सांसदहरूले पनि चैत १७ गते अविश्वासको प्रस्तावबाट हस्ताक्षर फिर्ता लिएका थिए । प्रदेशसभाबाट अविश्वासको प्रस्ताव पारित हुने संभावना नभएपछि माओवादी केन्द्रले अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरेको हो । प्रदेश १ को प्रदेशसभामा एमालेको एकल बहुमत रहेको छ ।

प्रकाशित: १८ चैत्र २०७७ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App