४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सांसद्को प्रश्नः हामी लोगो मात्र लगाउने कि भारतले मिचेको जमिन पनि फिर्ता आउँछ सरकार ?

सांसद् जीप छिरिङ लामाले भारतको अतिक्रमणमा परेको भूभागलाई समेटेर सरकारले नक्सा प्रकाशित गरेपनि अहिलेसम्म भूमि फिर्ता नभएकोप्रति असन्तुष्ट जनाएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् लामाले नयाँ नक्सा समेटेर सरकारले आफूहरूलाई लोगो मात्र दिएको तर भूमि फिर्ताका लागि पहल नगरेको बताए।

‘नेपालको भूमि भारतमा परेको भनेर सरकारले नक्सा प्रकाशित गर्‍यो। सरकाले हामी सबै माननीयलाई नयाँ लागो पनि बाँड्यो। तर, जगा जमिन कहिले फिर्ता आउँछ?,’ उनले भने, ‘म सभामुखमार्फत सरकारलाई सोध्न चाहन्छौं। हामी जमिन चाहिँ अर्काको देशमा राख्ने, हामी चाहिँ लोगो मात्र लाउने। परराष्ट्रमन्त्री भारत भ्रमणमा जाँदा भारतले त्यो कुरा सुन्न पनि चाहेन। हामी लोगो मात्र लगाएर हिँड्ने हो कि जग्गा पनि फिर्ता आउँछ म सरकारलाई सोध्न चाहन्छु।’

प्रकाशित: १० चैत्र २०७७ ०८:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App