२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा एमालेका दुईवटा पार्टी कार्यालय, ओली पक्षले राख्यो एमालेको साइनबोर्ड

ताप्लेजुङमा नेकपा एमालेका दुई वटा पार्टी कार्यालय हुने देखिएको छ। ओली समूहले यसअघि आफ्नो मातहतमा कायम रहेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को कार्यालय रहेको ठाउँमै नेकपा एमालेको बोर्ड राखेको छ। प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपाको पार्टी कार्यालय रहेको स्थानमै अर्को पक्षले नेकपा एमालेको कार्यालय र बोर्ड राख्ने तयारी गरेको छ। दुईपार्टी एक हुनु अघि पनि त्यहाँ नेकपा एमालेको पार्टी कार्यालय थियो।  

माओवादी केन्द्र र एमालेको एकीकरणपछि माओवादी केन्द्रले आफूसंग रहेका फर्निचरसहितका सामग्री नेकपाको पार्टी कार्यालयमा लगेको थियो। प्रदेश सांसद समेत रहेका नेकपा एमालेको जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्वाचित बलबहादुर साम्सोहाङले पुरानो नेकपा पार्टी कार्यालय रहेकै ठाउँमा एमाले जिल्ला पार्टी कार्यालय रहने बताए। साम्सोहाङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटीको उपाध्यक्षमा मातृकाप्रसाद भट्टराई, सचिवमा केशरकुमार सुब्बा र उपसचिवमा मंगलसिंह केदेम रहेका थिए। 

नेकपा रहँदा ओली समूहले तोक्मे नजिक शान्ति टोलस्थित ग्लोबल आइएमई बैंक रहेको घरको तलमाथि पार्टी कार्यालय स्थापना गरेको थियो। अहिले ओली समूहले त्यहिँ नेकपा एमालेको बोर्ड राखेको छ। साम्सोहाङले भने नेकपा एमालेको पार्टी कार्यालय रहेकै ठाउँमा एमाले पार्टी कार्यालय स्थापना र सञ्चालन हुने बताए।

प्रकाशित: २५ फाल्गुन २०७७ ०६:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App