१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसद् विघटन मुद्दा : संवैधानिक इजलासमा नारायण गोपालले गाएको गीतको चर्चा

फाइल तस्बिर।

वरिष्ठ अधिवक्ता गीता पाठकले देशका सबै निकाय संविधान बमोजिम चल्नुपर्ने बताएकी छन्। प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा सुझाव दिन गठन गरिएको ‘एमिकस क्युरी’ सदस्य वरिष्ठ अधिवक्ता पाठकले संविधानभन्दामाथि कोही नहुने भएकाले सबै निकाय संविधानअनुसार चल्नुपर्ने बताइन्।  

उनले आफू प्रतिनिधि सभा विघटनको पक्ष वा विपक्षमा नबोल्ने समे बताइन्। ‘म विघटनको पक्ष वा विपक्षमा बोल्दैन,’ उनले भनिन्,‘म संविधानको वकालत गर्छ।’

बहसका क्रममा उनले स्वर सम्राट नारायण गोपालले गाएको गीतको पनि चर्चा गरेकी थिइन्। ‘बहसमा क्रममा यहाँ धेरै सायरी आए। तर, खासमा यहाँ स्वरसम्राट नारायण गोपालको गीत, ‘तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु...’ भन्ने गीत सुहाउँछ,’ उनले भनिन्।

यसअघि गत माघ १५ गते संसद् विघटनको विपक्षमा बहस गरेका कानुन व्यवसायी गोपालकृष्ण घिमिरेले अन्जु पन्तले गाएको ‘न बिर्से तिमीलाई, न पाएँ तिमिलाई...’ भन्ने गीतको चर्चा गरेका थिए। पन्तको गीतलाई काउन्टर दिँदै माघ २० गते विघटनको पक्षमा बसह गरेका महान्याधिवक्ता अग्नि खरेलले ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीतको चर्चा गरेका थिए।

गत सोमबार पक्ष र विपक्षको बहस तथा निवेदकतर्फको जवाफ सकिएपछि गत मंगलबारदेखि एमिकस क्युरीबाट वरिष्ठ अधिवक्ताहरुले सुझाव दिइरहेका छन्। 

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा निवेदनमाथि माघ ४ गते देखि सर्वोच्चको ५ सदस्यीय संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ।

प्रकाशित: ७ फाल्गुन २०७७ ०८:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App