१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

आमहडतालको क्रममा प्रदेश २ मा ४१ जना पक्राउ

नेकपा दाहाल–नेपाल समूहको आमहडतालको क्रममा लहानमा एक ट्रकमा तोडफोड भएको छ। प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार को १ ख ७६५२ नम्वरको मालवाहक ट्रकमा बन्दकर्ताले तोडफोड गरेका छन। तोडफोडमा संलग्नमध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बन्द गराउँदै हिँड्ने ४१ जनालाई यस प्रदेशबाट पक्राउ गरिएको छ। जसमध्ये सबैभन्दा बढी पर्सा जिल्लाबाट २२ जना पक्राउ परेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

देशव्यापी आमहड्तालको सबै क्षेत्रमा प्रभाव परेको छ। बन्दका कारण प्रदेश २ का जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा प्रभाव परेको छ। यहाँको बजार, शिक्षण संस्था, उद्योग, कलकारखाना आंशिक रुपमा बन्द भएका छन्। यातायात सेवा पनि प्रभावित भएको छ।

भित्री सडकमा मोटरसाइकल चलेपनि मुख्य सडक क्षेत्र भने सुनसान छन्। पूर्वपश्चिम राजमार्गमा आतिआवश्यक सवारी साधनबाहेकका सवारी चलेका छैनन्। बन्द आव्हानकर्ता राजमार्गको घुमिरहेका भेटिन्छन्। जनकपुर लगायत कतिपय सहरमा भित्रि पसलहरु खुलेका छन्।  

अहिलेसम्म यस प्रदेशमा अप्रिय घटना नभएको प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले बताएको छ। अधिकांश बजारहरु खुलेको छ भने लोकल सवारी साधनहरु पनि चलिरहेको उनले बताए।लामो दूरीका सवारी साधनको स्कर्टिङका लागि समेत सुरक्षाकर्मी तयारी अवस्थामा रहेको उनले बताए। प्रदेशभर राजमार्ग र साहायक सडकहरुमा गस्ती पेट्रोलिङ तीब्र पारिएको उनले भने। चोकचोकमा प्रहरी खटिएका छन्।

 

प्रकाशित: २२ माघ २०७७ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App