१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रचण्ड-माधव समूहको आमहड्तालः प्रहरी र कार्यकर्ताबीच मुठभेड, ६३ जना नियन्त्रणमा

नेकपा प्रचण्ड–नेपाल समूहले आज बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ। यो समूहको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गरी  देशव्यापी आमहड्तालको घोषणा गरेको हो। बिहानैदेखि सामान्य रुपमा सवारीसाधन चलेका छन्।

शान्तिपूर्ण आमहड्ताल गर्ने भनिएतापनि आज बिहानै काठमाडौँको गोंगबुमा एउटा  ट्याक्सीमाथि आगजनी भएको छ। कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी सुशील सिंह राठोरले जानकारी दिए। आगजनी गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  

यसैगरि बन्दकर्ताहरुले टाटासुमोमा ताडफोड गरेका छन्। उक्त तोडफोडमा टाटासुमोको सिसा फुटेको छ। एसपी राठोरका अनुसार प्रहरी उक्त स्थानमा समयमै पुगेर अन्य क्षति हुनबाट भने जोगाएको छ। यस्तै, हड्ताल सफल पार्न बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका गरिएको छ। केही ठाउँमा बन्दकर्ता र प्रहरीबीच मुठभेड पनि भएको छ। सडकमा टायर बालेर प्रदर्शन गरेका बन्दकर्ता र प्रहरीबीच ठाउँठाउँमा मुठभेड भएको हो। एसपी राठोरले ६३ जनालाई नियन्त्रणमा लिएको बताएका छन्। उनले नागरिकन्यूजलाई भने, 'हामीले प्रदर्शन गरी प्रहरीसँगमुडभेड गर्ने ६२ ६३ जनालाई नियन्त्रणमा लिएका छौं।'  

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड –माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो। शुक्रबार भने केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ। त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागि पनि आमहड्ताल गरिएको बताइएको छ।

प्रकाशित: २२ माघ २०७७ ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App