१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गणतन्त्रपछि ओलीलाई 'स्पेस' दिनु गल्ती : माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका अध्यक्ष माधव नेपालले केपी ओलीलाई गणतन्त्र आएपछि स्पेस दिनु गल्ती भएको बताएका छन्।

पार्टी निकट वुद्धिजिवि संगठनको कार्यक्रममा बोल्दै नेपालले गणतन्त्र विरोधि व्यक्तिलाई २०६२/२०६३ को जनआन्दोलन पछि उपप्रधानमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताए। '२०६३ मा केपी ओलीलाई उपप्रधानमन्त्री बनाउनु मरो गल्ती थियो', नेपालले भने 'उहाँ गणतन्त्र विरोधि हो। जहिले पनि कचकच गर्ने, सुध्री हाल्छन्की भनेर सरकारमा पठाएको थिए। गल्ती भएछ।'

१५ वर्ष पार्टी महासचिव हुँदा ओलीलाई कसरी थेगियो होला भन्दै उनले प्रश्न गरे। नेपालले बैशाखमा निर्वाचन नहुने बताए। 'ओलीले निर्वाचन गराउन यो कदम चालेका होइनन्', उनले भने 'जहाँ पनि अल्पमतमा छन् उनले के को लागि निर्वाचन गराउँछन्?'

केपी ओलीले आफुनै पार्टी भएको जसरी विधि पद्धति मिचेको आरोप लगाउँदै भने, 'हामी उनको आठ पहरिया होइनौं।'

विधि, प्रणाली, नीतिगत विषय र राष्ट्रिय सरोकारका विषयमा छलफल गरौं भन्दा ओलीले आफुहरुलाई अपराधी जस्तो सम्झेको बताए।  

प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम अदालतले पनि असंवैधानिक ठहर गर्ने आशा रहेको उनले बताए। ओलीले काम गर्न दिएनन् हात खुट्टा बाँधे भन्नु हाँस्यासपद भएको बताए। 'उनलाई यति गर्दा त यस्तो हर्कत गर्न भ्याए, फुकाफाल छोडेको भए के गर्थे होला?' नेपालले प्रश्न गरे।

 

 

प्रकाशित: १ माघ २०७७ १०:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App