६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री ओलीका कारण मुलुकमा गृहयुद्धको खतरा : कृष्ण पहाडी

मानव अअधिकारकर्मी  नेता कृष्ण पहाडीले प्रधानमन्त्रीका कारण मुलुक गृहयुद्धमा धकेलिने खतरा रहेको बताएका छन् । प्रधानमन्त्री केपि शर्मा ओलीले पार्टीभित्रको विवादलाई निहुँ बनाएर असवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई गृहयुद्धको बाटोमा लगेको उनले बताए ।

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको २१ औं साधरणसभा तथा १२ औं अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै मानवअधिकारकर्मी पहाडीले प्रधानमन्त्रीले सनकका भरमा संविधानको हत्या गरेको बताए । ‘अहिले हाम्रो घरमा आगो लागेको छ, प्रतिनिसधा विघटन प्रतिगामी छ’, पहाडीले भने ।  

प्रधानमन्त्री ओलीकै कारण मुलुक गृहयुद्धमा जाने र देश सैनिकिकरण हुने खतरा रहेकाले सचेत नागरिकले प्रतिगामी कदमको विरोध गर्नेपर्ने जिकिर गरे । ‘नेपालमा एउटा भनाई छ, चोरले समेत तीन घर छाडेर चोर्छ तर उहाँ (प्रधानमन्त्री)ले तीनै घरमा आगो लगाइदिनुभयो’, उनले भने । उनका अनुसार तीन घर भनेको पार्टि, संसद र संविधान हो । यी तीनै ठाउँमा प्रधानमन्त्रीको सनकै कारण आगो लागेकाले यसका विरुद्ध सडकमा जनता उत्रनु पर्ने उनको भनाई छ ।  

राजाबादीसँग साँठगाँढ भएमात्रै संसद पुर्नस्थापना हुँदैन  

मानवअधिकारकर्मी पहाडीले संविधान र देश बचाउने दायित्व सर्वोच्च अदालतसँग मात्रै रहेको बताएका छन् । उनले संविधानले परिकल्पना नै नगरेको अवस्थामा प्रतिनिधिसभा विघटन भएकाले यस्तो असवैधानिक कदमलाई अदालतले रोक्न सक्ने बताए । संविधानलाई जिवित राख्नका लागि पनि प्रतिनिधिसभा बौरिनुपर्ने बताउँदै नेता पहाडीले भने –‘विगतको नजिर हेरेर प्रधानन्याधिसले निर्णय लिनुहोस् ।’ उनले प्रधानन्यायधिश सुशिला कार्कीको बिषयमा हालका प्रधानन्याधिसले नागरिक समाजको आन्दोलनलाई समेत मध्यनजर गरि फैसला गरेकाले त्यसलाई पनि आधार बनाउन आग्रह गरे । उनले अदालतका बारेमा बोल्दा मानाहानी हुनसक्ने भन्दै स्वार्थको टकरावले आशंका रहेको समेत बताए । उनले अहिले प्रधान्याधिसको समेत योग्यताको पनि जाँच भइरहेको बताए ।  

‘कदम कथाचित प्रतिनिधि सभा पुर्नस्थापित भएन र बैशाखमा चुनाव नि भएन भने केपिको सरकार अवैध हुन्छ,  अर्काे खिलराजको सरकार बन्छ । त्यसपछि राष्ट्रपति सक्रिय हुन सक्छन“ पहाडिले भने–‘त्यसपछि मुलुकमा दुई छिमेकीको हस्तक्षेप बढ्नेछ ।’ उनल संविधान र गणतन्त्रका लागि संसद बौरिनुपर्ने बताए । राजावादीसँग साढगाठ भएमात्रै संसद नबौरिने उनको तर्क छ।  

विगतमा संसद विघटनलाई बारम्बार छडीका  रूपमा प्रयोग गरेकाले संविधानमा विघटनको कल्पना नगरिएको बताए । उनले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत सत्तासँग जोडेर प्रतिनिधिसभा विघटन विरुद्ध नउत्रिए जनताले लखेट्ने बताए ।  

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश संसदीय दलका सचेतक निर्मला क्षेत्रीले प्रधानमन्त्रीको असवैधानिक कदमले मूलूकलाई ठूलो दुर्घटनातर्फ लगेको बताए ।  

नेकपाका नेता विष्णु पन्थिले संसार कोरोनाको चपेटामा परेको बेला जनताको अभिमतलाइमानव अधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष उत्तम पुडासैनिले राष्ट्रपतिको मिलेमतोमा संसद विघटन गरेको बताए । प्रधानमन्त्रीको लहडका भरमा अप्रजातान्त्रिक, अलोकतान्त्रिक रूपमा चालेको कदम भएको बताए ।  

समाजका बरिष्ठ उपसभापति गोविन्द खनालले असवैधानिक एंव अलोकतान्त्रिक तबरले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लगेको आरोप लगाए ।

कार्यक्रममा ट्रेड यूनियन काग्रेसका केन्द्रीय उपाध्यक्ष अजय राई, मानव अधिकार आयोग बुटवलका निर्देशक सम्झना शर्मा, बरिष्ठ पत्रकार बालकृष्ण चापागाईं, उच्च अदालत बार वुटवल एसोसिएशनका अध्यक्ष जोग बहादुर खत्रि लगायतले बोल्दै प्रधानमन्त्रीले पार्टिभित्रको स्वार्थका लागि संविधान विपरित संसद विघटन गरि देशलाई दुर्घटनामा पुर्याएको बताए ।  

प्रकाशित: १८ पुस २०७७ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App