७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपाका नेताहरुले सभामुखलाई भेटे, संसद बैठक बोलाउन आग्रह

जनता समाजवादी पार्टीका नेताहरुले सभामुख अग्नि प्रसाद सापकोटालाई भेटेका छन्। पूर्वप्रधानमन्त्री तथा पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरुले सभामुख सापकोटालाई भेटेर संसद जीवितै रहेको बताउँदै प्रतिनिधिसभाको बैठक बोलाउन आग्रह गरेका छन्।  

प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको निष्कर्षसहित सभामुख सापकोटालाई बैठक आह्वान गर्न आग्रह गरेको जसपाका युवा नेता विश्वदीप पाण्डेले बताए।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि जसपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ।

 

प्रकाशित: ९ पुस २०७७ ०७:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App