६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली-भण्डारीको हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद् विघटन गराउने राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको ‘हर्कत’विरुद्ध लड्न आनाकानी गर्नु आत्मघाती हुने चेतावनी दिएका छन्।  

पूर्वप्रधानमन्त्री डा. भट्टराईले संकटका बेला अर्जुनदृष्टि एवं भीष्मप्रतिज्ञाजस्ता गुण महत्वपूर्ण हुने उल्लेख गर्दै संविधानको मूल मर्म बचाउन सके मात्रै चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहने भएकाले ध्यान पुर्‍याउन सम्बन्धित पक्षलाई सुझाव दिएका हुन्।

‘संकटका बेला अर्जुनदृष्टि/एकलव्यध्येय/भीष्मप्रतिज्ञा सबभन्दा आवश्यक गुण हो।ओली-भण्डारीको प्रतिगमनकारी हर्कतविरूद्ध लड्न किन्तुपरन्तु गर्नु आत्मघाती हुनेछ,’ डा. भट्टराईले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानका मूल मर्म र आधारस्तम्भ बचे चुनाव लड्ने र सरकारमा जाने अवसर आइरहनेछ। नत्र न रहे बाँस न बजे बाँसुरी हुनेछ। सबैलाई चेतना भया !’

प्रकाशित: ८ पुस २०७७ ०७:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App