६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

देश अँध्यारो सुरुङमा फसिसकेको भन्दै डा. भट्टराईले देखाए २ उपाय

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश अँध्यारो सुरुङमा फसिसकेको बताएका छन्। 

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएका सन्दर्भमा डा. भट्टराईले सोमबार बिहान सामाजिक सञ्जालमार्फत यसको दिगो उपचार राजनीतिक नै भएको बताएका हुन्।  

प्रधानमन्त्री ओलीको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार दिउँसो प्रतिनिधिसभा भंग गराउँदै आगामी वैशाख १७ र २७ गते निर्वाचन हुने घोषणा गरेकी छन्।  

तर डा. भट्टराईले वैशाखमा चुनाव नहुने दाबी गर्दै कानुनी उपचारको झिनो आशा भए पनि यो संकट समाधानका लागि सशक्त आन्दोलन नै भएको धारणा राखेका हुन्।  

‘वैशाखमा चुनाव हुनेवाला छैन।देश अँध्यारो सुरुङमा फसिस्क्यो,’ डा. भट्टराईले ट्विटरमा लेखेका छन्, ‘संवैधानिक/कानुनी उपचारको झिनो आशा होला तर भर गर्न सकिन्न। दिगो उपचार राजनीतिक नै हो।’

उनले २ उपाय देखाउँदै अगाडि लेखेका छन्, ‘१. संगठित/एकिकृत/सशक्त जनप्रतिरोध २. प्रतिनिधिसभाको बैठक (जनतामा निहीत सार्वभौमसत्ताको प्रयोग, हिजो राजामा निहीत सार्वभौमसत्ताको प्रयोग भएको)

प्रकाशित: ६ पुस २०७७ ०७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App