६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

डा. भट्टराईसहित जसपाका नेताहरू देउवा निवासमा

फाइल तस्बिर

जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरू अहिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरिरहेका छन्।  

प्रमुख प्रतिपक्ष दलका नेता देउवालाई भेट्न जसपाका नेताहरू डा. बाबुराम भट्टराई, महन्थ ठाकुर र राजेन्द्र महतो शनिबार शनिबार साँझ उनकै निवास बूढानीलकण्ठ पुगेका हुन्।  

भेटमा समसायिक राजनीतिक घटनाक्रमसहित अध्यादेशलगायतका विषयमा कुराकानी भइरहेको जसपा नेता केशव झाले जानकारी दिए।  

प्रधानमन्त्री ओलीले अध्यादेश ल्याएपछि सत्तारुढ दल नेकपाको आन्तरिक विवाद चुलिएका बेला विपक्षी दलका शीर्ष नेताहरू एक ठाउँमा भेला भएका हुन्।

प्रकाशित: ४ पुस २०७७ ११:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App