१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

बुधबारको सचिवालय बैठक अगाडि अध्यक्ष दाहाल र महासचिव पौडेलबीच भेटवार्ता

बुधबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अगाडि सहमतिको खोज गर्न सुरु गरिएको छ।

तिहार अघि बसेको सचिवालय बैठकमा नेकपाका नेताहरुलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका पत्र अध्ययनका लागि दिइएको थियो।  

सचिवालय बैठक अगाडि सहमतिको खोजी गर्दै नेकपा महासचिव विष्णु पौडेल दाहाल निवास खुमलटार पुगेका छन्। स्रोतका अनुसार मंगलबार बिहान खुमलबाट पुगेका पौडेलले ओली पक्षीय नेता र दाहाल-नेपाल पक्षबीच सहमतिको लागि प्रस्ताव गरेका थिए।

पार्टीमा देखिएको विवाद समाधान र भोली बस्ने सचिवालय बैठका एजेण्डाबारे कार्यकारी अध्यक्षसँग पौडेलले छलफल गरेका थिए।

ओली र दाहालबीच आरोप प्रत्यारोपसहितका पत्र आदान प्रदान भइरहेको छ। आफ्ना पत्रबारे दुबै नेता अडानमा रहँदा नेकपाभित्रको विवाद थप गहिरिदै गएको एक नेता बताउँछन्।  

 

 

 

प्रकाशित: २ मंसिर २०७७ ०८:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App