१२ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

डा. केसीको स्वास्थ्य झन् कमजोर बन्दै

नेपालगन्जको भेरी अस्पतालमा भर्ना भएका डा. गोविन्द केसी। तस्बिर : नागरिक

चिकित्सा शिक्षा सुधारका लागि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था झन् कमजोर बन्दै गएको छ। नेपालगन्जस्थित भेरी अस्पतालमा सोमबार बेलुकादेखि भर्ना गरिएका केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको हो। भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसालले डा. केसीको स्वास्थ्य अवस्था अति कमजोर रहेको बताए।  

‘उहाँ सत्याग्रहमा बसेको मान्छे हो, खाना खानु भएको छैन र पानी लिनु भएको छैन,’ रिसालले भने ‘हिजो साँझको रिपोर्टमा केही सुगरको मात्रामा गिरावट आएका छन्, अरु बाँकी चाही रिपोर्ट सामान्य छ, तर शरिर चाही अति नै कमजोर भइसकेको छ।’ उनले अनसन थालेको मंगलबार नवौं दिन भएको छ। डा. केसीको उपचारमा डा. रिसाल लगायत चिकित्सक तथा स्वास्थ्यकर्मी खटिएका छन्।

स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि केसीलाई मंगलबार (आज) बिहान ११:२५ को बुद्ध एयरको उडानमार्फत काठमाडौं लैजाने तयारी छ। बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङवाङले आमरण अनशन बसिरहेका डा. केसी बिहान ११:२५ बजेको उडानमार्फत काठमाडौं जाने निश्चित भइसकेको बताए। ‘जुम्लाबाट हिजो नेपालगन्ज आएपछि उहाँ अहिले भेरी अस्पतालमा हुनुहुन्छ, बुद्धको फ्लाइटबाट आजै काठमाडौं जानु हुनेछ,’ प्रजिअ कुरुङवाङले भने।  

अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि सोमबार बेलुकी नेपालगन्ज ल्याइएको थियो। काठमाडौं लैजान सोमबार अबेर भएपछि भेरी अस्पतालमा राखेर उपचार सुरु गरिएको हो। चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै उनी जुम्लाको चन्दननाथ नगरपालिका रानीचौरस्थित बाबिरामस्ट मन्दिरमा अनशन बसेका थिए।  

छाती दुख्ने, सास फेर्न समस्या हुन थालेपछि अनशन बसेको स्थानबाट उनलाई शनिबार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्यासइएकोमा सोमबार काठमाडौं लैजाने तयारी स्वरुप नेपालगन्ज ल्याएको बताइएको छ। डा. केसीको माग पुरा गरी जीवन रक्षा गर्न नेपालगन्जका नागरिक अगुवाले माग गरेका छन्। नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णले डा. केसीको जीवन रक्षा गरिदिन सरकारसँग माग गरेका छन्। उनको स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन समेत गरिएको छ।  

 

 

 

 

प्रकाशित: ६ आश्विन २०७७ ०६:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App