१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उपत्यकाको निषेधाज्ञा खुकुलो, के के गर्न पाइन्छ ?

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पारिएको छ। आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही सहजतासँगै निषेधाज्ञा लब्म्याएको छ। जिल्ला प्रशासनले निम्न सेवाहरुलाई खुकुलो बनाइएको छः

- सवारीसाधन जोरविजोर प्रणालीबाट सञ्चालन गर्न पाइने  

- सामग्री तथा वस्तु होम डेलिभरी गर्न सपिङ मल र फेन्सी पसल हप्ताको तीन दिन (शनिबार, सोमबार र बुधबार) मात्र खोल्न पाइने  

- फुटपाथ र अन्य व्यापार व्यवसाय विहान ११ र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने

- कम्प्युटर, अटो मोबाइल पसल र फर्निचर सोमबार र बुधबार खोल्न पाइने  

यस्तै, निषेधित क्षेत्र :

- खुला ठाउँमा भिडभाड हुन नपाइने

- जात्रा पर्व, महोत्सव बन्द गर्ने  

- होटल बन्द रहने  

- पैदल यात्रा गर्दा भीडभाड हुन नदिने  

- बाहिर हिड्दा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने  

- सामाजिक दूरी कायम गर्नुपर्नेलगायत निर्णय गरिएको छ।  

कोरोना महामारी निरन्तर रहने हुँदा ठप्प पारेर मात्रै उपचार नहुने भन्दै यस्तो निर्णय गरिएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कमल पाण्डेले बताए। उनले भने, ‘अब सबै बन्द गरेर हुँदैन, कोरोनासँग दैनिकी चलाउनुपर्ने हुन्छ, बरु उच्च सावधानी अपनाउन आवश्यक छ,’ उनले भने। उनका अनुसार जिल्ला प्रशासन कार्यालयहरुले नियमित सेवा भने बन्द गरेका छन्।

प्रकाशित: २४ भाद्र २०७७ १३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App