१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपत्यकाका जिल्ला प्रशासनले कुन कुन सेवा स्थगित गरे ?

कोरोना भाइरस फैलन थालेपछि काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जिल्ला प्रशासनबाट प्रदान गर्ने अत्यावश्यक सेवाबाहेक अरु बन्द गर्ने निर्णय गरेका छन्। साउन २५ देखि भदौ ८ सम्मका लागि सेवा बन्द गरिएको हो।

सञ्चालनमा आउने सेवाहरुमा शान्ति सुरक्षा, ठाडो निवेदन र उजुरी, मुद्दा सम्वन्धी कार्य, सवारी पास र विपद् व्यवस्थापन सम्वन्धी सेवा रहेका छन्।  

यस्तै बन्द रहने सेवामा नयाँ नेपाली नागरिकता वितरण, नागरिकताको प्रतिलिपि वितरण, हातहतियार दर्ता/ नविकरण, संस्था दर्ता/ पत्रपत्रिका साथै नविकरण सम्वन्धी, निजी सुरक्षा कम्पनि नविकरण, राहदानी वितरण र नाबालिग परिचयपत्र वितरण सेवा स्थगित गरिएको छ।

प्रकाशित: २३ श्रावण २०७७ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App