१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेपालको नयाँ नक्सा मान्य हुँदैन : भारत

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तव

नेपालले जारी गरेको राजनीतिक नक्सा मान्य नभएको भारतले जनाएको छ। बुधबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस किसिमको कृतिम विस्तार गरेर भूभाग दाबी गर्ने कुरा भारतलाई स्वीकार्य नहुने बताएका छन्।  

‘नेपालले आज आधिकारीक नक्सालाई परिवर्तन गरेर सार्वजनिक गरेको छ जसमा भारतीय भूभाग पनि समावेश गरिएको छ,’ प्रवक्ता श्रीवास्तवले भनेका छन्।  

उनले नेपालको एकतर्फी निर्णय ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको उनको भनाई छ। उनले नेपालले नयाँ नक्सा सार्वजनिक गरेर कुटनीतिक माध्यमबाट विवादित सीमा क्षेत्रको समाधान खोज्ने दुई पक्षीय समझदारीलाई उल्लंघन गरेको जनाएका छन्।  उनले नेपाल यस विषयमा भारतको पोजिसनको बारेमा राम्रोसँग जानकार रहेको बताएका छन्।  

उनले नेपाललाई पुष्टि नुहने कार्टाग्राफिक (झुठो) दाबीबाट बच्न आग्रह गर्दै नेपालले भारतको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्ने बताएका छन्। उनले नेपाली नेतृत्वले टुंगिन नसकेका सीमा विवाद कुटनीतिक सम्वादको माध्यमबाट टुंग्याउने वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरेका छन्।  

यो पनि पढ्नुहोस्

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक

सरकारले बुधबारमात्रै भारतले अतिक्रमण गरेका कालापानी, लिम्पियाधुरा र लिपुलेक सहितका भूभाग समेटेको नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको थियो। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले नेपालको अध्यावधिक नक्सा सार्वजनिक गरेकी थिइन्। सरकारको नीति तथा कार्यक्रममा समेत समेटिएको उक्त विषयमा आधिकारिक निर्णय गर्दै गत सोमबार बसेको मन्त्रीपरिषदको बैठकले नेपालको नयाँ नक्सा स्वीकृत गरेको थियो।  

केही दिन अघी नेपालको भूभाग लिपुलेकमा भारतले एकतर्फि रुपमा सडक निर्माण गरेर उद्घाटन गरेपछि नेपालले त्यसमा आपत्ति जनाउँदै भारतीय राजदूतलाई बोलाएर कुटनीतिक नोट दिएको थियो।  

यो पनि पढ्नुहोस्

चीनले भन्यो : कालापानीको विषय नेपाल र भारतको

गत नोभेम्बरमा भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालको भूभाग समेत समावेश गरेपछि नेपालले त्यसको विरोध गदै कुटनीतिक नोट दिएर तत्काल दुई पक्षीय बैठकको माग गरेको थियो। नेपालको प्रस्तावलाई वेवास्ता गर्दै भारतले सडक उद्घाटन गरेपछि नेपालले तत्काल भारतसँग छलफलको प्रस्ताव गरेको थियो। भारतले कोरोनाको प्रभाव सकिएपछि मात्र दुई पक्षीय छलफल हुन सक्ने जनाएपछि नेपालले आफ्नो आधिकारिक नक्सा सार्वजनिक गर्ने निर्णय गरेको हो। भारतले नेपालको भूभागमा अतिक्रमण गरेको तथा सडक विस्तार गरेको विषयमा नेपालमा व्यापक विरोध तथा आलोचना भएपछि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवानेले नेपालले अरु कसैको उक्सावटमा लिपुलेक विषय उठाइरहेको आरोप लगाएका थिए।  भारतीय सेनाप्रमुखको अभिव्यक्तिले नेपालमा थप संशय र आक्रोस उत्पन्न गराइरहेका सन्दर्भमा नेपालले आफ्नो भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो। नेपालको भूभाग कालापानी तथा लिपुलेक क्षेत्रका विषयमा भारत र नेपालकाबीचमा विवाद उत्पन्न भएपछि मंगलबार मात्र चीनले पनि उक्त विषय भारत र नेपालबीचको मुद्दा भएकाले दुई मुलुकले मैत्रीपूर्ण परामर्सका माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताएको थियो।

भारतले नेपालले सार्वजनिक गरेको नयाँ नक्सा मान्य नहुने बताएपछि नेपालका तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आएको छैन। यस विषयमा कुरा गर्न परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीसँग सम्पर्क प्रयास भएपनि सम्पर्क हुन सकेन।  

 

 

 

 

 

 

प्रकाशित: ७ जेष्ठ २०७७ १६:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App