६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

उपत्यकाका ५ स्थानमा सुपथ मूल्य पसल खोल्ने सरकारको तयारी

काठमाडौं– सरकारले काठमाडौंका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएकाे छ। शुक्रबारदेखि उपत्यकाका विभिन्न स्थानहरुमा पसल खोल्ने तयारी भइरेहको आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए। बिहीबार सूचना प्रविधि तथा सञ्चार मन्त्रलायमा आयोजित पात्रकार सम्मेलमा बोल्दै मन्त्री भट्टले साल्ट ट्रेडिङसँग समन्वय गरि पसल खोल्न लागेको जानकारी दिएका हुन्। 

खाद्यवस्तुमा कुनै पनि अभाव नभएको भन्दै मन्त्री भट्टले ४ देखि ६ सम्म पुग्ने खाद्यन्न आपूर्ति भएको बताए। तीन महिनासम्म पुग्ने चिनी आयात भएको छ भने थप जोहो गर्न चिनी उद्योगीहरुसँग छलफलल भईरहेको  पनि उनले बताए। १० महिनाका लागि पुग्‍ने नुन र ३ महिनाका लागि पर्याप्त चिनी पनि रहेको मन्त्री भट्टले बताए।

यस्तै ८ महिनासम्मलाई पुग्‍ने औषधि, मास्क र ह्यान्ड सेनिटाइजर मागअनुसार आपूर्ति गर्न नसकेको बताउँदै मन्त्री भट्टले यसको आपूर्ति पनि छिट्टै गर्ने बताए। उनका अनुसार ८ महिना पुग्ने औषधि माैज्दात रहेकाे र ४–५ महिनाका लागि उत्पादन गर्न कच्चा पदार्थ पनि उपलब्ध रहेकाे छ। 

सामान्य अवस्थामा २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने भएपनि अहिले ४५ हजार मेट्रिक टन आयात भइरहेको उनले बताए। अहिले सरकारसँग ३० लाखसम्म सिलिण्डर भर्न सक्ने अवस्था रहेको उनले जनकारी दिए। 

कलोबजारी गर्नेहरुलाई जरिवाना गरिएको उल्लेख गर्दै मन्त्री भट्टले अब जेलसम्मको सजाय हुन सक्ने बताए। उनले माघमा ४० जना, फागुनमा १०१ जना र चैत ६ गतेसम्म ५६ जनालाई कारवाही गरिएको बताए। 

मन्त्री भट्टले पेट्रोलियम पदार्थ पर्याप्त भएको उल्लेख गर्दै व्यवस्थापनमा मात्रै समस्या रहेको बताए। त्यस्तै चीनबाट आउने तरकारीजन्य वस्तुमा मात्रै मूल्य बढेको र अन्यमा यथावत् नै रहेको समेत उनले बताए। 

डिजेल, पेट्रोल र ग्यास धेरै मात्रामा संञ्चित गरेर दुर्घटना निम्त्याउने खतरा भएकोले जनतालाई सचेत रहन पनि आग्रह गरे। उनले स्वास्थ्य, गृह र अपूर्ति मन्त्रालयले उपत्याकाबाहिर पनि बजार अनुगमन गरिरहेको समेत जानकारी दिए।

कोरोना भाइरसको सामना गर्ने हैसियतमा सरकार रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारहरुसँग समन्वय गरेर सरकार अगाडी बढिरहेको बताए। 

प्रकाशित: ६ चैत्र २०७६ १२:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App