१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

उपचार पछि स्वदेश फर्किए अध्यक्ष थापा

काठमाडौं- चीनमा आयोजित आइटिएफ ग्रेड वान टुर्नामेन्टअन्तर्गत आइटिएफ सेनजेन सिनियर्स सर्किट २०१९ प्रतियोगिता खेल्दा खेल्दै स्वास्थ्यमा समस्या आएपछि उचार गरेर राप्रपा अध्यक्ष कमल थापा आज स्वदेश फिर्ता भएका छन्। उनी एक साता लामो चीन बसाई पछि स्वदेश फिर्ता भएका हुन्। 

गत  कात्तिक ८ मा सुरु भएको आइटिएफ ग्रेड वान टुर्नामेन्टमा भाग लिन थापा चीन गएका थिए। थापाले टेनिस प्रतियोगिताको पहिलो खेल जितेका थिए भने दोस्रो खेलमा अग्रता कायम रहँदारहँदै खुट्टाको पिडौंला र तिघ्रामा समस्या आई ढाडसम्म समस्या बढेपछी अस्वस्थ्यताका कारण बिचमै खेल छाडेका थिए।

थापालाई आज त्रिभुवन बिमानस्थलमा नेता कार्यकर्ताहरुले स्वागत गरेको र उनको अहिले स्वास्थ सामान्य रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

प्रकाशित: १४ कार्तिक २०७६ ०८:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App