२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लव समूहका नेता पक्राउ

बर्दिया– नेत्रविक्रम चन्द विप्लव समूहका नेतालाई प्रहरी पक्राउ गरेको छ। क्षेत्रिय नेतृत्व सम्हालेका नेता पुर्णबहादुर वलीलाई प्रहरीले पक्राउ गरेको हो।

बासगढी नगरपालिका—५ ब्यारेल टोलका ४५ वर्षीय वलीलाई पक्राउ गरेको प्रहरी बताएको छ। विस्फोटक पदार्थ सम्बन्धी कसुर मुद्दामा फरार रहेका वलीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक राजेश नाथ बाँस्तोलाले जनाए।

नेता वलीलाई आवश्यक कारवाहीका लागि प्रहरीले प्रक्रिया अघि बढााएको छ। वली प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको प्रहरी उपरीक्षक बाँस्तोलाले जानकारी दिए।

प्रकाशित: २६ भाद्र २०७६ १२:५४ बिहीबार

विप्लव_समूह नेता पक्राउ