काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच गोप्य छलफल गरेका छन्। बुधबार बिहान बालुवाटारमा अध्यक्षद्धयले करिब तीन घण्टा गोप्य छलफल गरेका हुन्।
उनीहरुबीच पार्टी एकता प्रक्रियामा भएको असन्तुष्टि, सरकारको कामकारवाहिबारे छलफल भएको नेकपाका एक नेताले नागरिकन्यूजलाई जानकारी दिए। सरकारको कामकबारे आलोचना बढी भएको पनि छलफल भएको थियो। ति नेताका अनुसार आज विहान करिब ३ घण्टा भएको गोप्य भेटमा बजेटबारे पनि छलफल भएको थियो। स्रोतका अनुसार जिल्ला कमिटी र जनवर्गीय संगठनमा वरियता नमिलेकाहरुलाई अन्य कमिटीमा लैजानेबारे पनि छलफल भएको थियो।
केहि दिनअघि नेकपाले जनवर्गीय संगठनको एकता घोषणा भएको थियो। उक्त घोषणापछि तत्कालिन नेकपा माओवादी केन्द्र र एमालेभित्र पनि विवाद थियो।
प्रकाशित: ८ जेष्ठ २०७६ ०९:१० बुधबार