५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

सर्लाहीमा प्रधानमन्त्रीलाई १०१ किलोको माला

सर्लाहीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई १०१ किलोको फुलको मालाले स्वागत गरिएको छ।

बलरा नगरपालिका-८ स्थित जनता नमुना माबिको नवनिर्मित भवन उद्घाटन एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न आएका प्रधानमन्त्री दाहाललाई बलरा नगरपालिकाका नगर प्रमुख रामाशङ्कर कुशवाहा र रामनगर गाउँपालिकाका अध्यक्ष मुराजाबाबु यादवले पालिकाका तर्फबाट १०१ किलोको फुलको माला लगाएर स्वागत गरेका हुन्।

प्रधानमन्त्री दाहालसँगै नेताहरु महेन्द्र यादव, भरत साह र युवराज भट्टराई लगायतका नेता कार्यक्रममा सहभागी छन्। कार्यक्रममा व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित: २२ वैशाख २०८१ १५:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App