१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

रुपन्देहीका पराजित कांग्रेस उम्मेदवारको एकै स्वर : विष्णु पौडेलले लाजमर्नु बनाए

रुपन्देही - नेकपा महासचिव विष्णु पौडेल ललिता निवास प्रकरणमा मुछिएको घटनाले रुपन्देहीका मतदाता लज्जित भएका विपक्षी नेपाली कांग्रेसका नेताहरुले टिप्पणी गरेका छन्।

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित पौडेलका प्रतिस्पर्धी कांग्रेस नेता युवराज गिरीसहित प्रदेश र स्थानीय तहका पराजित नेताहरुले  शनिबार बुटवलमा पत्रकार सम्मेलन गरी यस्तो कुरा बताएका हुन्।

नेता गिरीले सरकारी जग्गालाई भूमाफिया र दलालसँग मिलेर सरकारी जग्गा आफ्नो छोराको नाममा दर्ता गर्नुले जनताको अभिमतको अपमान भएको बताए। पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा पौडललाई महासचिव पदबाट राजीनामा दिएर छानबिनका लागि वातावरण बनाउन माग गरिएको छ।

गिरीसहित प्रदेशसभाका पराजित उम्मेद्वार काजीमान श्रेष्ठ, महेशमान सिंह, सैनामैनाका फणिन्द्र शर्मा, बुटवलका खेलराज पाण्डे र तिलोत्तमाका रामकृष्ण खाँणद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनेका छन्, ‘लालची स्यालले बाघको खोल ओढेर जंगलका साना जनावरहरुलाई बाघ हुँ भनी छक्याए जस्तै यहाँका जनतालाई छक्याउने, झुक्याउने उनको दुरशययुक्त सपना चकनाचुर भयो।’

पौडेलले बालुवाटारको १ सय २४ रोपनी जग्गा भूमाफिया र दलाल मिलेर ८ आना जग्गा खरिद गर्नु गलत भएको भन्दै यसको सत्यतथ्य बाहिर ल्याउनुपर्ने गिरीले बताए। उनले जनताले सत्यतथ्य कुरा जानकारी पाउनुपर्ने भन्दै आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा संलग्न भए पनि छाड्न नहुने बताए।

प्रकाशित: २१ वैशाख २०७६ १४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App