५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

धर्मनिरपेक्षता चाहिँदैन, हिन्दूराष्ट्र पुनर्स्थापनाकाे विकल्प छैन : कमल थापा

तस्बिर : नेपालगन्जमा आयोजित सभालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष कमल थापा।

नेपालगन्ज - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा हिन्दु राष्ट्र पुनस्र्थापना हुनुको विकल्प नरहेको बताएका छन्।

राष्ट्रिय स्वाभिमान यात्राका क्रममा बाँके आइपुगेका थापाले नेपालगन्जको त्रिभुवन चोकमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दैै हिन्दू राष्ट्रको सम्भावनालाई अब कसैले पनि रोक्न नसक्ने ठोकुवा गरे। ‘हिन्दू राष्ट्रको पक्षमा मेचीदेखि महाकालीसम्म व्यापक जनलहर देखा परिरहेको छ,’ उनले भने, ‘जनताले हिन्दू राष्ट्र चाहेको हुँदा पुनस्र्थापना हुनुको विकल्प छैन।’ 

नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकताको रक्षा गर्दै देशको समग्र विकासको निम्ति जनतालाई उठाउन र गाउँघरलाई ब्युँझाउने उद्देश्यले राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेको स्पष्ट पारे। मुलुकको परिवर्तनका निम्ति माओवादी सशस्त्र जनयुद्ध र ०६२÷६३ को जनआन्दोलन भए पनि कुनैपनि उपलब्ध हाँसिल नभएको थापाले बताए।

उनले थपे, ‘बरु जनताका छोराछोरीलाई लडाएर खर्बौं रकम सिध्याउने काम मात्रै भयो, केही व्यक्ति रातारात अर्बपतिसमेत भए, तर जनताले परिवर्तनको अनुभूति नै गर्न पाएनन्।’ माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने नाममा मुलुकले धेरै कुरा चुकाएको बताए। 

तत्कालीन माओवादीले थालेको जनयुद्धले पनि कुनै परिवर्तनको अनुभूति नदिलाएको उनले जिकिर गरे। ०६२÷६३ को जनआन्दोलनपश्चात् परिवर्तनको नाममा हिन्दू राष्ट्रमाथि ठूलो हमला भएको अध्यक्ष थापाले बताए। विदेशी शक्तिको हस्तक्षेपका कारण देशलाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिएको उनले बताए। 

प्रकाशित: २६ फाल्गुन २०७५ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App