१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दुई विधेयक सम्बन्धित समितिमा

काठमाडाैं- प्रतिनिधिसभाको दोस्राे बैठकले दुई विधेयक दफवार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। 

सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्ताव प्रस्तुत गरेका थिए। 

यसैगरी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक, २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरेकाे प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको थियो। 

प्रकाशित: २६ फाल्गुन २०७५ १३:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App