१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रत्यक्ष निर्वाचित राष्ट्रपति व्यवस्था नभएसम्म समृद्धि आउँदैन : नेता भट्टराई (भिडियाे)

काठमाडौं- प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नभएसम्म मुलुक समृद्धिको दिशामा नआउने पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले बताएका छन्। 

बुधबार साँझ नागरिक फ्रन्टलाइनको अन्तर्वार्तामा उनले देशमा सबैखाले परिवर्तन ल्याउन शासकीय व्यवस्थामा परिवर्तन ल्याउनुपर्ने बताए। मुलुकमा भ्रष्टाचार व्याप्त भएको र यसले पनि समृद्धिको बाटो छेकेको भन्दै भ्रष्टाचार निरुपण गर्न आयोगहरुको प्रमुखमा संसदीय व्यवस्थाबाटै नियुक्ति गर्नुपर्ने बताए।

वर्तमान सरकार पुरानै ढंगबाट चलेको भन्दै यसबाट परिवर्तनको आस गर्न नसकिने बताए। बाह्य शक्तिको चलखेल देशमा बढ्दै गएको भन्दै उनले त्यसमा नेपालले आफ्नो स्वार्थअनुकूल पक्ष÷विपक्ष नभई आफ्नै मौलिक ढर्राबाट अघि बढ्नुपर्ने बताए।

भेनेजुएलाको विषयमा सरकार केही शीर्ष नेताहरुको सम्बोधनलाई पूर्वप्रधानमन्त्री भट्टराईले अपरिपक्वताको संज्ञा दिए। आफ्नो हितमा रहेर विदेशी शक्तिहरुसँग सम्बन्ध बढाउन नसके मुलुक सामरिक द्वन्द्वमा फस्ने खतरा पनि त्यत्तिकै रहेको नेता भट्टराईले टिप्पणी गरे। दुई तिहाइले मात्र समृद्धि नआउने बताउँदै उनले शासकीय व्यवस्था नै परिवर्तन गर्नुपर्नेमा पुनः जोड दिएका थिए। 

प्रकाशित: २२ फाल्गुन २०७५ १४:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App