२३ पुस २०८१ मंगलबार
image/svg+xml
राजनीति

आणविक युद्ध रोक्न ‘सफ्ट पावर’ को खोजी

सभामुख देवराज घिमिरेले प्रजातन्त्र, मानवअधिकार राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गरेको नेपाल अफ्रो–एशियाली जनएकता संगठनले सबै प्रकारका विभेदविरुद्ध पनि आवाज उठाइरहेको बताएका छन्। नेपाल अफ्रो–एशियाली जनएकता संगठनले आयोजना गरेको कार्यक्रममा उनले निशस्त्रीकरण, विश्व शान्ति र विकासको पक्षमा बहस र पैरवी गर्दै आएको संगठनले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवादको पनि विरोध गर्दै आएको बताएका हुन्।

संगठनका अध्यक्ष तथा पूर्वमन्त्री कृपासुर शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अधिकांश वक्ताहरूले प्रजातन्त्र र मानवअधिकारको विषयमा आवाज बुलन्द गर्ने र निशस्त्रीकरणको बारेमा आवाज उठाउने संस्था रहेको चर्चा गरेका थिए। कार्यक्रमका वक्ताहरूले सबै प्रकारका विभेद र असमानता अन्य अहिलेको आवश्यकता रहेको बताएका थिए। 

निशस्त्रीकरण, विश्व शान्ति र विकासको पक्षमा बहस र पैरवी गर्दै आएको संगठनले साम्राज्यवाद, उपनिवेशवाद, नवउपनिवेशवाद र विस्तारवादको कडा रूपमा विरोध गर्दै न्याय समानता र सहअस्तित्वको रक्षाका लागि निरन्तर आवाज उठाउँदै आएकोले यसको अझै महत्व रहेको सहभागी वक्ताहरूको धारणा रहेको थियो।  

नेपाल अफ्रो–एशियाली जनएकता संगठनद्वारा आयोजित सो कार्यक्रममा फुर्वा तेन्जिङ शेर्पाजीले ‘सम्भावित तेश्रो विश्वयुद्धःमानव जातिमाथि सङ्कट’, विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। आणविक शस्त्र भएका ९ देशमध्ये अहिलेका ६ देशका शाशनमा भएका ६ नेताले सन्किपन देखाए भने अब हुने भनेको आणविक युद्ध हुने र त्यसलाई रोक्न विश्वको ध्यान जानुपर्ने शेर्पाको कार्यपत्रको आशय थियो।

‘यो आणविक युद्ध रोक्न नेपाल जस्ता देशले बलियो ढंगले ‘सफ्ट पावर’ प्रयोग गर्नुपर्छ। आशंकित तेश्रो बिश्वयुद्ध रोक्न नेपालले शान्तिको लागि वार्ता, शान्ति सेना, युद्ध रोक्न असंलग्न नीति प्रयोग गरिरहनु पर्ने अवस्था छ, शेर्पाको कार्यपत्रमा उल्लेख छ। सो कार्यपत्रमाथि पूर्व राजदूत अञ्जन शाक्यले टिप्पणी गरेकी थिइन्।

प्रकाशित: १८ पुस २०८१ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App