१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रहरीमा सर्वेन्द्र, सशस्त्रमा शैलेन्द्र नियुक्त

काठमाडौं- सरकारले नेपाल प्रहरीको २६अाैं महानिरीक्षक (आईजिपी)मा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीको १०अाैं महानिरीक्षकमा शैलेन्द्र खनाललार्इ बढुवा गर्ने निर्णय गरेकाे छ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत डिआइजी खनाललाई प्रहरी संगठनकाे नेतृत्वकाे जिम्मेवारी दिने निर्णय गरेकाे हो। एसएसपीबाट डिअाइजीमा बढुवा हुँदा खनाल पहिलाे नम्बरमा थिए। खनालसँगै रमेश खरेल र पुष्कार कार्कीसमेत आइजिपीको दाबेदार रहेपनि सरकारले वरियतामा अगाडि रहेका खनाललार्इ जिम्मेवारी दिने निर्णय गरेकाे हाे।

प्रहरी नियमावलीमा कायम रहेकाे अवकाश सम्बन्धी प्रावधान संशाेधन नभए खनालले २१ महिना प्रहरीकाे नेतृत्व गर्नेछन्। नियमावलीमा अाइजिपीकाे पदावधि ४ वर्षकाे रहेपनि ३० वर्षे सेवा अवधिका अाधारमा खनालले अवकाश पाउनेछन्। सरकारले अाइजिपी नियुक्त गरेकाे खनाल प्रहरी संगठनमा खराे प्रहरी अधिकृतका रूपमा परिचित छन्। रमेश बाहुन इन्काउन्टर, फुटबलकाे म्याच फिक्सिङ अनुसन्धान, भारतीय अपराधी बब्बु दुवेकाे पक्राउ, इन्धन कालाेबजारीविरूद्धकाे कारवाही लगायतका कामले उनी सर्वसाधारणमाझ लाेकप्रिय थिए। 

यता सशस्त्रको आईजीपीका लागि एअाइजी शैलेन्द्र खनालसँगै पुष्पराम केसीको नाम चर्चामा थियो। खनाल केसीभन्दा ११ महिनाले वरिष्ठ हुँदा सरकारले उनलार्इ सशस्त्रकाे जिम्मेवारी सुम्पियाे। 

मंगलबार बिहान पनि मन्त्रिपरिषद बैठक बसेको थियो। तर सहमति हुन नसक्दा अाइजिपीबारे निर्णय हुन सकेन। सहमतिका लागि प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच छलफल भएपछि दुबै खनालकाे नाममा सहमति भएकाे थियाे। बेलुका बैठक राखेर सहमति अनुसार मन्त्रिपरिषद्ले निर्णय गर्याे। 

दुबै खनालले दुर्इ दिनपछि संगठनकाे नेतृत्व गर्नेछन्। अहिलेका अाइजिपी प्रकाश अर्यालसहित प्रहरीका १५ एअाइजीले चैत २९ मा अवकाश पाउनेछन्। उता सशस्त्रका अाइिजपी सिंहबहादुर श्रेष्ठ पनि घर जाँदैछन्। 

प्रकाशित: २७ चैत्र २०७४ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App