२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले गरे संवैधानिक परिषद् बैठकबारे देउवा र दाहालसँग छलफल

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठकको तयारी र समसामयिक राजनीतिक विषयमा बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा शुक्रबार बस्ने परिषद् बैठकको तयारी र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बुधबार साँझका लागि राखिएको बैठक परिषद्को बैठक स्थगन भएको थियो।

प्रकाशित: २७ भाद्र २०८१ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App