४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

शेर्पाको साहसले सगरमाथा विश्वमा चिनिएको छ : मन्त्री पाण्डे

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वसामु परिचित बन्न पुगेको बताएका छन् ।  

‌ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाले आयोजना गरेको 'सगरमाथा आरोहीहरुलाई सम्मान कार्यक्रम'मा बोल्दै मन्त्री पाण्डेले शेर्पाहरुको साहसका कारण नै सगरमाथा विश्वमा चिनिन मद्दत पुगेको दाबी गरे ।  

मन्त्री पान्डेले भने, 'डोरी टांग्ने देखि आारोहीलाई शिखरमा पुर्याउने सम्मका काम शेर्पाहरुले गर्दा नै पर्वतारोहण सहज र सफल भएको छ । शेर्पाको कारण नै सगरमाथा विश्वमा थप चिनिएको हो ।'

कार्यक्रममा सगरमाथाको सफल आरोहण गर्ने खिजीदेम्बा गाउँपालिका भित्रका ४६ जनालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा कान्छो सगरमाथा आरोही जम्बले शेर्पादेखि २२ पटक सगरमाथा आरोहण गर्ने जाङ्बु शेर्पा पनि छ्न्।  

त्यस्तै पालिकाको सद्भावना दूतमा कुङ्गा शेर्पालाई घोषणा गरिएको थियो ।

प्रकाशित: १६ भाद्र २०८१ १७:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App